|

रुकुम (पूर्व) : नेपालको पर्यटकीय क्षेत्र भनेर चर्चामा नआएको तर पर्यटकको सम्भावना बोकेको जिल्ला हो रुकुमपूर्व। यहाँ पृथक् खालको रहनसहन र जीवनशैली छ।

टलक्क टल्किने हिउँचुली त्यसका थुप्रै हिमताल र अथाह बुकी पाटनको जिल्ला हो रुकुमपूर्व। ७ हजार २ सय ४६ मिटर उच्चाइको पुथा हिमाल र ५ हजार ९ सय ११ मिटर उच्चाइको सिस्ने हिमालसँगै अन्य साना हिउँचुली रुकुमपूर्वमा रहेका छन्।

तर, यसबाट पर्यटक गन्तव्य रूपमा विकास गर्न सकिएको छैन। खास गरी हिउँदयाममा जिल्लाका थुप्रै डाँडाकाँडामा हिमपात हुँदा हिउँचुली जस्तै सिँगारिदा मात्र आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।

जिल्लाका प्रख्यात हिमाल जस्तै अहिले यहाँका डाँडाकाँडा पनि हिउँचुली जस्तै सिँगारिएको छ। तर, पर्यटनको विकासमा कसैको ध्यान नपुग्दा यहाँका हिउँचुली, हिमताल र बुकी पाटन पर्यटकको गन्तव्यका लागि छायामा परेका हुन्।

रहेक वर्षको हिउँदमा जिल्ला स्थित हिउँचुलीसँगै डाँडाकाँडा हिउँले सिँगारिने गरेका छन्। गत बुधबार र बिहीबार जिल्लामा हिमपात भएपछि जिल्लाको मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुमपूर्व र बाग्लुङ सिमाना पातिहाल्ने र सहिद मार्ग अन्तर्गतको रुकुमपूर्वकै भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको सिमाना रिका लेकमा बाक्लो हिमपात भएकाले अहिले यातायात ठप्प छन्, भने केही जिप तथा ट्याक्टर हिउँमै फसेका छन्।

हिउँ पन्छाइ सडक खुलाउनेतर्फ जिल्लास्थित सरोकारवाला निकाय लागि परेका छन्।

रिका लेक र त्यस आसपासका डाँडाकाँडामा हिउँले सिँगारिएको छ। रिकाबाट देखिने पुथा हिमाल, सिस्ने हिमाल र त्यस वरिपरिका हिमशृङ्खलाका तस्विर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.