|
१४ मजदुर फसेको अनुमान गरिएको ठाउँ

रुकुम (पूर्व) : ७ दिनदेखि हिउँमा फसेका रुकुमपूर्वका १४ मजदुरलाई उद्धारका लागि हेलिकोप्टर पठाइएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर हिउँमा फसेका छन्।

हिउँमा फसेका छन् भन्ने खबर आइतबार मात्र थाहा भएको थियो। उनीहरूको उद्धारका लागि सोमबार (आज) दिउँसो जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयमार्फत उद्धारका लागि हेलिकोप्टर आइसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।

आइतबार मात्र खबर पाएपछि उद्धारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरिएकोमा सोमबार (आज) दिउँसोबाट हेलिकोप्टर हिउँमा फसेकालाई उद्धार गर्नेतर्फ पठाइसकिएको प्रजिअ बाँस्कोटाले बताए।

हिउँमा बसेको हो भन्ने ठाउँको नाम मात्र थाहा पत्ता लागेको र कुन ठाउँमा छन् भने हाल यकीन पत्ता लागि नसकेको बाँस्कोटाको भनाइ रहेको छ। पुथाउत्तरगंगा–२ का वडा सदस्य मनराम झाँक्री सहितको टोली हिउँमा फसेकाको खोज र उद्धारका लागि हेलिकोप्टर गइसकेको गाउँपालिकाका कम्प्युटर अफरेटर चित्रबहादुर केसीले जानकारी दिए।

केसीका अनुसार वडाको बजेटले म्याग्दी, बाग्लुङ र रुकुमपूर्वको सिमाना आसपासमा पर्ने उपल्लो घुसदुङमा गोरेटो बाटो खन्नका लागि १५ जनाको टिम रहेको थियो। जसमध्ये एक जना महिना ढोरपाटनतिर गएको भन्ने खबर पाएको कसीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.