|

काठमाडौं : साहित्यकार वसन्त चौधरीका ‘अनेक पल और मैं’ काव्यसंग्रह र ‘तिमीबिनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ।

मंगलार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमबीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो। लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशिलता नरोकिने बताए। उनले आफ्नो कवितासंग्रह ‘तिमीबिनाको म’मा समाजमा भएका घटनाहरुको बारेमा चित्रण गरिएको बताए।

‘तिमीबिनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कविता संग्रहीत छन्। कवितामा आत्मपरकताको उदाहरणीय प्रयोग गरिएको छ भने कविता अंग्रेजी भाषामा रहेको छ। त्यस्तै‚ हिन्दी भाषामा रहेको काव्यसंग्रह अनेक पल और मैं मा उनले आफ्ना जीवनका चिन्तनहरुलाई समेटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.