|

धनगढी : सुदूरपश्चिम प्रदेशमा पनि नेकपा (एमाले)ले जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एमालेको नेतृत्व हात पार्न नेताहरूले दौडधुप सुरु गरेका छन्।

नेताले आपसी राजनीतिक छलफलसमेत थालेका छन्। भोलिदेखि सुरु हुने जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन हुने भएपछि नेताहरू राजनीतिक छलफलमा सक्रिय भएका हुन्।

कैलाली जिल्लाको नेतृत्वका तीनजना नेता आकांक्षी देखिएका छन्। नेता रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले जिल्ला अध्यक्षमा इच्छा देखाएका हुन्। एमालेको अघिल्लो अधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापाले अहिले जिल्ला अध्यक्ष र र सचिवमा निर्वाचित चन्दले उपाध्यक्षको पद सम्हालिरहेका छन्।

नेता रणबहादुर चन्दले पार्टीका नेता र कार्यकताको सुझावअनुसार अध्यक्षमा दाबी गरेको बताए। ‘नेता र कार्यकर्ताले अध्यक्ष बन्न आग्रह गरिरहेका छन्,’उनले भने,‘सहमतिमा जिल्ला नेतृत्व चयनका लागि छलफल भइरहेको छ। सहमति हुन नसके चुनावी प्रक्रिया अगाडि बढ्छ। मैले यसपटक अध्यक्षमा दाबी छोड्दिनँ।’

यता, अध्यक्षका अर्का आकांक्षी रतन थापाले नेता–कार्यकर्ताको सल्लाहअनुसार नै अध्यक्ष बन्ने इच्छा राखेको बताए। ‘एमालेमा सक्रिय भएको पनि धेरै वर्ष भइसकेको छ,’थापाले भने,‘विभाजनपछि पनि एमालेलाई कैलालीमा ठूलो धक्का लागेको छैन। त्यसमा मेरो नेतृत्वको पनि भूमिका छ होला जस्तो लाग्छ। त्यसैले पनि एक कार्यकाल अध्यक्ष भएर काम गर्ने इच्छा छ।’ उनले सहमतिमै जिल्ला नेतृत्व चयन हुने सम्भावना बलियो रहेको बताए।

अर्का नेता पाण्डेले एमाले जिल्लामा पहिलो शक्ति भएको बताउँदै यसलाई कायम राख्नका लागि अध्यक्षका दाबेदारी पेश गरेको बताए। ‘अहिले कैलालीमा एमाले पहिलो शक्ति छ र यसलाई यथास्थितिमा राख्‍नका लागि र थप शक्तिआर्जन गर्नका लागि मेरो उम्मेदवारी हो,’ उनले थपे, ‘यसमा आम कार्यकर्ताको सहमति छ भन्ने विश्वास छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.