|

 काठमाडौं : नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को एकैपटक सरुवा भएको छ। 

गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेका हुन्।

२६ जना एसएसपीको सरुवा हुँदा महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान ब्यूरोका प्रमुख पनि फेरिएका छन्। 

महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत वसन्तबहादुर कुँवरलाई दिइएको छ। 

महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका चन्द्रकुवेर खापुङको भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतको अपराध अनुसन्धान महाशाखामा सरुवा भएको छ।

प्रवक्ता कुँवरको ठाउँमा भने नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत विष्णुकुमार केसीको सरुवा भएको छ।

हेर्नुहोस नामावली 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.