|

सुनसरी : इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जंगलमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभाको खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङको सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

कोशी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नम्बरको मोटरसाइकललाई बिहीबार राति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। सवारीसाधन र बस चालक इटहरी–४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.