१३ वर्षको जेल जीवन र १७ पटकसम्मको पराजय अनुभव

|

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई कांग्रेसको भावी सभापतिका रूपमा हेर्न थालिएको थियो। उनी आफैँ पनि आफूलाई कांग्रेस सभापतिको बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरिरहेका हुन्थे।

सभापति शेरबहादुर देउवाविरुद्ध संस्थापनइतर पक्षबाट साझा उम्मेदवारका रूपमा आफैँलाई प्रस्तुत गर्न धेरै बल गरे। सभापतिका उम्मेदवरामा शेखर कोइराला, प्रकाशमान सिंहले आफ्नो अडानबाट पछि नहटेपछि पाैडेल आफैँ ब्याक भए। परिस्थिति मोडियाे। देउवाविरुद्ध एकल उम्मेदवार ल्याउन नसकेपछि नेता पौडेलले सभापतिमा उम्मेदवारी नै दिएनन्। 

देउवाले पार्टी चलाउन नसकेको भन्दै पुस्तान्तरणको आवश्यकता औँल्याउँदै हिँड्ने पौडेल अन्तिम समयमा तटस्थ बस्ने प्रयत्न गरे। तर, उनले अघोषित रूपमा सभापतिमा देउवालाई सघाउन पुगे।

कांग्रेस संस्थापनइतर समूहको नेतृत्व गरिरहेका पौडेल सभापतिमा उम्मेदवारी दिन आँटसमेत गर्न नसकेकाले अहिले ‘गुमनाम’ जस्तै बन्न पुगेका छन्। महाधिवेशनमा एक्लै लडेका शेखर कोइरालाले आफूलाई बलियो शक्तिका साथ प्रस्तुत गरेपछि ‘पौडेल युग’ समाप्त भयो। जुन कुरा अहिले सत्य सावित बन्दै गइरहेको छ। 

तर, उनले आफूलाई अझै राजनीतिमा सक्रिय रहने बताउँदै आइरहेका छन्। उनले १४ औँ महाधिवेशनबाट निर्वाचितहरूलाई बधाई दिँदै भनेका थिए, ‘प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै मैले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको हुँ। मेरा साथीहरूले ‘रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ’ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ र त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ।’

सभापतिमा प्रतिस्पर्धा नगर्नु राजनीतिक यात्रामा विश्राम नभएर केही क्षणको अल्पविराम मात्रै भएको उनको बुझाइ छ। ‘मेरो राजनीतिक यात्रा जारी छ र अविच्छिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहने छ’ उनले भनाइ थियो। 

देउवाविरुद्ध साझा उम्मेदवारी तयार पार्ने प्रयासमा सफल भएको भए राजनीतिक उचाइमा पौडेको बेग्लै स्थान हुन्थ्यो। तर, १४ औँ महाधिवेशनबाट राजनीतिमा ‘स्खलित’ पात्रको ट्याग लगाए। 

०४८ को संसदीय निर्वाचनमा तनहुँ क्षेत्र १ बाट र ०५२ तथा ०५६ का निर्वाचनमा तनहुँ क्षेत्र २ बाट विजय हासिल गरेका थिए। पञ्चायतविरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परे। प्रतिगमनविरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरबन्दमा परेका थिए।

आफूसँग बलियो मतले पराजित बनेका शेखरलाई बेवास्ता गरेर देउवाले पौडेललाई वरिष्ठ नेताको जिम्मेवारी सुम्पे। त्यसो त यसअघि पनि पौडेल वरिष्ठ नेता नै थिए। सभापतिमा प्रतिस्पर्धा गर्ने आँट नदेखाएका पौडेल देउवाले दिएको ‘वरिष्ठ नेता’को जिम्मेवारीमै मक्ख छन्।  

काेइराला समूहले भने पौडेलकै धाेकाकाे कारण आफूहरू असफल भएकाे निष्कर्ष निकाल्याे। 

प्रधानमन्त्रीमा १७ पटक पराजित

तनहुँ क्षेत्र १ बाट उदाएका पौडेल ०७४ सालको निर्वाचनमा पराजित भए। अपराजित यात्रामा रहेका पौडेललाई वाम गठबन्धनका एमालेका उम्मेदवार  किसानकुमार श्रेष्ठले ६ हजार ४ सय १४ मतले हराए। श्रेष्ठले ३४ हजार ४८९ मत ल्याउँदा पौडेलले २७ हजार ६७५ मत मात्रै ल्याए। श्रेष्ठ अहिले एमालेबाट ‘विद्राेह’ गरेर नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका छन्। 

पौडेल ०४८ को संसदीय निर्वाचनमा तनहुँ क्षेत्र १ बाट र ०५२ तथा ०५६ का निर्वाचनमा तनहुँ क्षेत्र २ बाट विजय हासिल गरेका थिए। पञ्चायतविरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परे। प्रतिगमनविरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लोपटक एक वर्षसम्म नजरबन्दमा परेका थिए। ०७० संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाँचाैँपटक विजयी हासिल गरे। उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। 

०७४ को आमनिर्वाचनमा पराजय भए पनि प्रधानमन्त्री बन्ने आशा अझै मरेको छैन उनमा। संसदीय निर्वाचनमा निरन्तर जित हासिल गर्दै आएका पौडललाई वाम गठबन्धनले राेक्याे। 

०६७ सालमा प्रधानमन्त्रीको लागि भएकाे निर्वाचन १७ पटक पराजय बेहोरे। प्रधानमन्त्रीका लागि कांग्रेसले पौडेल, माओवादीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड र एमालेको तर्फबाट झलनाथ खनाललाई प्रतिस्पर्धामा होमिए। 

सातपटकसम्म संवैधानिक प्रावधान अनुसारको मत ल्याउन सकेनन्। तर, आठौं पटकमा प्रचण्ड बाहिरिए। एमाओवादीबाट प्रचण्ड बाहिरिएपछि कांग्रेसबाट पौडेल र एमालेबाट खनालको प्रतिस्पर्धा १७ पटकसम्म भइरह्‍यो। तर, अन्तिममा खनालले जित हासिल गरेका थिए। उनकाे प्रधानमन्त्री बन्ने भाेक त्याे बेलामा असफल भयाे। जुन प्रधानमन्त्रीको भाेक अझै मरेको छैन।  

सधैँ देउवा पछिपछि

का‌ंग्रेस राजनीतिमा निरन्तर लागिरहेका नेता पौडेल सधैँ देउवाभन्दा सधैँ पछि परेका छन्। पार्टी विभाजन गरेर हिँडेर पुन: फर्किएका देउवा प्रधानमन्त्रीदेखि पार्टी सभापतिदेखि पटक-पटक प्रधानमन्त्री बने। तर, उनी देउवाको छायामा हराइरहे। न प्रधानमन्त्री बन्न सकेन, त पार्टीको जिम्मेवार पद नै सम्हाल्न सके। 

देउवा गिरिजाप्रसाद कोइरालासँगको विवादको कारणले ०५९ सालमा कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए। तर, ०६२/६३ सालको जनआन्दोलनपछि ०६४ सालमा देउवाको पुनः नेपाली कांग्रेसमै फर्किएका थिए।

पार्टी र प्रधानमन्त्री दुवैको बागडोरबाट वञ्चित रहेका पौडेल ०५१ सालको मध्यावधि निर्वाचनमा विजयी भएर प्रतिनिधिसभामा सभामुख भएका थिए। विसं. २००१ सालमा तनहुँमा जन्मिएर ०१७ सालबाट राजनीतिमा उदाएका थिए।

राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई जेल हालेपछि पौडेल सक्रिय राजनीतिमा लागे। ०४० सालमा कांग्रेस पाैडेल केन्द्रीय प्रचार समितिको संयोजक बनेका पाैडेल पहिलोपटक ०४४ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेको थिए। जुन हालसम्म पनि कायमै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.