|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराएको छ। घरेलु मैदानमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए। अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २-१ ले अघि रह्यो। खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जाले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए। त्यसपछि खेलको ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४-१ ले विजयी भयो ।

यस जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेको छ। साउथह्याम्पटन ११ औं स्थानमा रहेको छ ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.