|

सल्यान : खेतीका लागि प्रख्यात जिल्ला हो सल्यान। यहाँका किसानलाई यतिखेर सुन्तला टिप्न, व्यापारीसँग कुरा र गाडीमा लोड गर्न भ्याइनभ्याइ छ।

स्वादिलो र गुणस्तरीय भएकाले पनि सल्यानको सुन्तलाले राम्रो बजार पाउने गरेको छ। सुन्तला खेतीका लागि माटो र हावापानी उपयुक्त मानिएकाले बर्सेनि सुन्तला खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको छ।

बागचौर, शारदा, बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी र सिद्ध कुमाख गाउँपालिका सुन्तला पकेट क्षेत्रका रुपमा रहेका छन्।। सल्यानमा करिब एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ।

यहाँ उत्पादित सुन्तला दाङ, नेपालगञ्ज, धनगढी, बुटवल, भैरहवालगायत शहरमा निर्यात हुने गरेको छ। बजारको सहज पहुँच र उचित मूल्य निर्धारणमा सरकारी निकायले पर्याप्त पहल गर्ने हो भने सुन्तला खेतीले आम्दानी थप बढाउने देखिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.