काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँ बढेको छ।
महासंघले बुधबारका लागि प्रतितोला ९२ हजार रूपैयाँ मूल्य तोकेको छ। यस्तै‚ तेजावी सुनको मूल्य प्रतितोलाको ९१ हजार ५०० तोकिएको छ।
चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रूपैयाँ बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रूपैयाँ तोकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।