|

काठमाडौं : कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा नेपालमा दोस्रो लहरमा भन्दा बढी संक्रमित देखिने बताइएको छ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले डेल्टा भेरियन्टबाट दोस्रो लहरमा जति संक्रमित भएका थिए‚ तेस्रो लहरमा ओमिक्रोन भेरियन्टबाट धेरै संक्रमित हुने बताएका हुन्।

उनले भने‚ ‘हाल डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट एकबाट अर्कोमा सर्ने दर धेरै पाइएको छ‚ जसले गर्दा हाम्रोमा तेस्रो लहर भयो भने दोस्रो लहरमा डेल्टाबाट संक्रमण भएका भन्दा धेरै संक्रमित हुने देखिएको छ।'

उनका अनुसार अहिले नै नेपालमा तेस्रो लहरको सुरु भएको भन्दा पनि संकेत देखिएको समेत बताए। 'संक्रमण बढ्दै जाँदा तेस्रो लहरको संकेत देखिएको भन्न मिल्छ तर संक्रमण कति फैलन्छ भन्ने कुरा हाम्रै हातमा छ'‚ उनले भने।

जनस्वास्थ्यको मापदण्ड पालना गरे, धेरै भीडभाड गरे र कोरोनाविरुद्धको खोप सबैलाई लगाउन सकिए संक्रमण सर्ने सम्भावना कम हुने समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.