प्रदेश २ का दुई जिल्लामा मात्र अधिवेशन सम्पन्न

|

पर्सा  :  मुलुकभरका ५८ जिल्लाको नेतृत्व टुंग्याएको नेकपा एमालेको पर्सा जिल्ला अधिवेशनले भने नेतृत्व नटुंग्याउँदै अधिवेशन स्थागित गरिएको छ।

पुस २७ र २८ गते सम्पन्न गर्ने भनिएको एमाले पर्साको १२ वर्षपछि भएको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व नटुंग्याउँदै स्थगित गरिएको हो।

मंगलबार अद्घाटनसत्र सम्पन्न भए पनि बन्दसत्र भने बुधबार अध्यक्ष मण्डलले आफैँ स्थगन गरेको छ। अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले एउटा पत्र सार्वजनिक गर्दै बन्दसत्र स्थगन गरिएको जनाए। बन्दसत्रका प्रतिनिधिहरूले भने वर्तमान नेतृत्वको अपेक्षा बमोजिमको नेतृत्व नआउने देखिपछि अधिवेशन नै स्थगित गरी गैरजिम्मेवार बनेको दाबी गरेका छन्।

राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन शान्तिपूर्ण रुपमा टुंग्याएको बन्द शत्रले नेतृत्वको कुरा आएपछि निष्कर्षमा नपुगी मारपिटसम्म भएर स्थगन गरिएको बन्दसत्रमा सहभागी प्रतिनीधिहरुले नै बताए।

परिणाम राम्रो आएन : प्रतिनिधि

वीरगन्जको टाउन हलमा चलिरहेको बन्दसत्रबाट एक्कासि अध्यक्ष मण्डलबाट नै निष्कर्ष नजिक पुग्नेतर्फ नबढी बाहिरिएपछि अधिवेशन प्रतिनीधि विलखबन्दमा परेको सहभागी मध्येका सन्जीव कुमार मिश्रले बताए। पछि नेताहरु भिस्वा होटलमा पुगेको थाहा पाएर जनप्रतिनीधि त्यही पुगे पनि अन्ततः परिणाम राम्रो नआएको उनको भनाइ छ। मिश्रको जस्तै कुरा अरू प्रतिनीधिहरुको पनि छ। 

उद्घाटनसत्र लगत्तै मंगलबार साँझ ६ बजेबाट सुरु भएको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन संशोधनसहित पारित भएको बुझिएको छ।

बन्दसत्रमा एमाले पर्साका अध्यक्ष प्रभु हजाराले राजनीतिक प्रतिवेदन, सचिव मनोज गुप्ताले सांगठनिक प्रतिवेदन र सन्तोष पासवानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको प्रतिनिधिहरूले बताए। तर नेतृत्व चयनको प्रक्रियामा सहमति नजुटेपछि भने अध्यक्ष मण्डलले निर्वाचनलाई भन्दा स्थगनलाई शिरोधार्य गरेको उनीहरुको तर्क छ।

एमाले पर्साका अध्यक्ष प्रभु हजाराले भने एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष कारणले एमाले पर्साको जिल्ला अधिवेशन स्थगन भएको बताए। उनले सार्वजनिक गरेको पत्रमा पनि बन्दसत्रका अन्य कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने भनिएको छ।

बन्दत्रमा मारपि

एमालेको दशौँ महाधिवेशनले पार्टीमा गुटबन्दी नभएको बताउँदै आए पनि पर्सामा भने अझै एमालेका झुण्डहरु समाप्त भइसकेका छैनन्। बरु अध्यक्ष प्रभु हजारा र केन्द्रिय सदस्य राजकुमार गुप्ता बीच एकै प्यानल हुन नसकेको कार्यकर्ताहरुले बताए। अध्यक्ष हजारासहित पर्साबाट मात्र ४ केन्द्रीय सदस्य बनेकामा ३ जना एकातिर र गुप्ता एकातर्फ भई निर्णय नजिक पुगे पनि नयाँ नेतृत्वको नाम सार्वजनिक नभई स्थगन भएको यहाँका एमाले अगुवा नेताहरुले बताए।

अबेर राति केही कुरामा मतमतान्तर हुँदा कार्यकर्ता कार्यकर्ता बीच पनि कुटाकुट भई पर्साको सन्दर्भमा नराम्रो सन्देश गएको बन्द शत्रमा सहभागी नेता विचारी यादवले बताए।

प्रदेश २ का दुई जिल्लामा मात्र अधिवेशन सम्पन्न

प्रदेश २ का सप्तरी र सिरहामा एमालेको अविधेशन सम्पन्न भइसकेको छ। आठ जिल्ला रहेको प्रदेश २ का बाँकी ६ जिल्लामा भने अझै जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन। उद्घाटन शत्र सम्पन्न भएर पनि पर्सामा भने विवाद उत्पन्न हुनु दुःखद भएको एमालेको तर्फबाट संविधान सभाका सदस्य समेत रहेका यादवले बताए।

बन्दसत्रमा नेकपा एमाले प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ र सहइन्चार्ज सुमन प्याकुरेल, पोलिटब्युरो सदस्य प्रभु साहलगायत नेता पनि सहभागी रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.