|
फाइल फोटो

काठमाडाैं : त्रिवि शिक्षण (टिचिङ) अस्पताल  काठमाडौंमा कार्यरत चिकित्सक र कर्मचारी गरी ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालमा कार्यरत ६० जना चिकित्सक तथा कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले थाहाखबरलाई जानकारी दिए।

अस्पतालमा कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीहरुमा कोरोना देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु होम आईशोलेशनमा रहेका छन् ।

संक्रमित सबैमा सामान्य किसिमका लक्षण देखिएको र सबैको अवस्था सामान्य रहेको डा. दासले बताए । चिकित्सक र कर्मचारी आइसोलेसनमा बसेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.