|

हेटौंडा : बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय भएको छ।

कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय गरेको हो।

समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ।

‘कोभिड–१९ विरुद्धको खोप अभियानमा स्थानीय तहलाई पनि पहलकदमीका लागि अनुरोध गर्ने र त्यसका लागि ११९ स्थानीय तहका जनप्रतिनिधिसँग जुम मिटिङ गरिने भएको छ’‚ बैठकपछि स्वास्थ्यमन्त्री नीमा लामाले भने।

बागमती प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्यभन्दा कम जनसंख्याले खोप लगाएको तथ्यांकले देखाएकाले खोप अभियानमा जनप्रतिनिधिको पहलकदमी आवश्यक देखिएको उनको भनाइ छ।

उनका अनुसार यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान सञ्चालन गरिने भएको छ।

कोरोना संक्रमणदर नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्ने‚ गराउने, २५ जनाभन्दा बढी सहभागी भएर गरिने कार्यक्रममा रोक लगाउने, धार्मिक स्थलमा हुने नियमित पूजाबाहेकका गतिविधि नियन्त्रण गर्ने, स्वास्थ्यकर्मीसहित कोरोनाविरुद्धको अभियानमा सक्रियलाई प्रोत्साहन गर्ने, फ्रन्टलाइनरलाई प्राथमिकताका साथ कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने व्यवस्था गर्ने निर्णय निर्देशक समितिले गरेको छ।

बैठकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम एवं उपचारका लागि निजी क्षेत्रसहित सबै पक्षसँग सहकार्य गर्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.