|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नवौं चरणका खेल आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिष्पर्धा हुनेछ।

८ खेलबाट ७ अंक जोडेको एपिएफ तालिकको १० औं स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको शेर्पा तालिकाको छैटौं स्थानमा छ।

आजै अपराह्न पौने ५ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी र सात दोबाटो युथ क्लब भिड्नेछन्। आठौं चरणको खेल सकिँदा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको मनाङ आज स्पष्ट जितसहित शीर्ष स्थानमा उक्लिने दाउमा हुनेछ। आठ खेलबाट ९ अंक जोडेको सात दोबाटो तालिकाको आठौं स्थानमा छ। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको मच्छिन्द्र क्लब २० अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.