|

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

धनकुटाको धनकुटा नगरपालिका-२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। टिपर चालक प्युठानको माण्डबी गाउँपालिका-१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका-३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटाबाट तेह्रथुमको बसन्तपुर जाँदै गरेको बागमती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

यस्तै‚ झापाको भद्रपुर नगरपालिका-४ बरगाछीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७७ वर्षीय जगतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ। तीन जना सवार मे १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो।

सिराहाको गोलबजार नगरपालिका-४ मामोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार-६ का ४२ वर्षीय कृष्णबिर यादव रहेका छन्। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.