|

काठमाडौं : अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार फिल्मको प्रदर्शन मितिसहित टिजर सार्वजनिक गरिएको हो। 

टिजरमा मुख्य कलाकार अनमोल र सुहानालाई देखाइएको छ। जहाँ केही प्रेमिल तथा केही वियोगका दृश्य देखाइएको छ। 

सुनीलकुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको फिल्म आगामी बैशाख १ देखि प्रदर्शनमा आउने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ व्यावसायिक रुपमा सफल भएको थियो। ए मेरो हजुर ३ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले मन पराएपछि ए मेरो हजुर ४ मा पनि सोही जोडीलाई निरन्तरता दिइएको हो। 

दुई दशकअघि शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको 'ए मेरो हजुर' व्यावसायिक रुपमा सफल भएको थियो। त्यसपछि सोही नाम सापटी लिएर झरनाले 'ए मेरो हजुर'को सिक्वेल बनाएकी हुन्। 

'ए मेरो हजुर ४' प्रदर्शन हुने मितिमै दुई वटा बहुप्रतीक्षित भारतीय फिल्म 'केजिएफ च्याप्टर २' र 'लाल सिंह चड्ढा' पनि प्रदर्शनमा आउँदै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.