|

काठमाडौंः मलयालम फिल्म 'थिरिमाली'को ट्रेलर सार्वजनिक भएको छ। राजीव सेट्टीको निर्देशनमा बनेको फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्का पनि देखिएकी छन्। 

सार्वजनिक ट्रेलरमा स्वस्तिमा आइटम डान्सरको रूपमा देखिएकी छन्। 'थिरिमाली' स्वस्तिमाको पहिलो भारतीय फिल्म हो। फिल्ममा स्वस्तिमा बाहेक नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ। 

एस के लरेन्सको निर्माण रहेको फिल्मलाई निर्देशक राजीव र जेभियर एलेक्सले लेखेका हुन्। एडभेन्चरस कमेडी जनरामा बनेको फिल्ममा विपीन जर्ज, धर्मजन बोलगाटी, जोनी एन्थोनी, सलिम कुमार लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

फिल्म यसै वर्षदेखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.