|

भारत र दक्षिण अफ्रिकाबिचको तीन खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको छ।​

केपटाउनमा भएको तेस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। पहिलो टेस्ट जितेको भारत त्यसपछिका लगातार दुई टेस्ट गुमाउन पुग्यो।

केपटाउन टेस्टमा पहिलो इनिङमा भारतले २ सय २३ रन बनाउँदा जवाफमा दक्षिण अफ्रिकाले २१० रन बनाएको थियो।

दोस्रो इनिङमा भारतले १९८ रन बनाउन सकेको थियो। समग्रमा दक्षिण अफ्रिकाले २१२ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य ३ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहज रूपमा पूरा गर्न सफल भयो।

भारतीय टोली दक्षिण अफ्रिकामा पछिल्लो २९ वर्षयता जितविहीन रहेको छ। पछिल्लोपटक सन् १९९२ मा सिरिज जितेयता भारत दक्षिण अफ्रिकी भूमिमा कमजोर सावित हुँदै आएको छ।​

भारतविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाका युवा खेलाडी किगन पिटर्सनको इनिङ स्मरणीय रह्यो। केपटाउनमा भएको अन्तिम टेस्टमा उनले दुबै इनिङमा राम्रो प्रदर्शन गरे।

पहिलो इनिङमा ७२ रन बनाएका उनले दोस्रो इनिङमा पनि ८२ रनको इनिङ खेले। सिरिजको कुल ६ इनिङमा उनले ४६ को औसतमा २७६ रन बनाए। जहाँ उनले तीन अर्धशतक प्रहार गरे। उनी सिरिजका टप स्कोरर समेत बने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.