|

अफ्रिकन कप अफ नेशन्समा नाइजेरियाले नकआउटमा स्थान बनाएको छ। समूह ‘डि’मा सुडानलाई ३-१ ले हराउँदै प्रतियोगितामा लगातार दुई जित निकाल्दै नकआउटमा स्थान बनाएको हो।

पहिलो खेलमा नाइजेरियासँगै हार भोगेको इजिप्टका लागि भने मोहम्मद सलाहले जित्नै पर्ने खेलमा निर्णायक गोल गरे। इजिप्टको अघिल्लो चरण सम्भावना कायम राख्न गिनी बिसुविरुद्ध जित्नै पर्ने दबाब थियो। जहाँ सलाहले गोल गर्दै खेल १-० ले आफ्नो पक्षमा पारेको हो।

अन्तिम समयमा फराहोसले गिनी बिसुका लागि गोल फर्काए पनि भिएआरले उक्त गोललाई मान्यता नदिंदा इजिप्ट भाग्यमानी सावित भएको थियो। सातपटकको च्याम्पियन इजिप्ट आफ्नो पहिलो खेलमा नाइजेरियासँग १-० ले पराजित भएको थियो।

शनिबार राति भने सलाहले २१ औं मिनेटमा गरेको भलिले जाली चुमेको थियो। लिभरपुल स्टार सलाहको गोलसँगै तीन अंक जोडेको इजिप्ट समूह डि मा दोस्रो स्थानमा उक्लिएको छ।

शनिबार भएको दोस्रो खेलमा नाइजेरियाले सुडानलाई ३-१ ले पराजित गर्दे नकआउटमा स्थान पक्का गरेको हो। त्यसअघि नाइजेरियाले आफ्नो पहिलो खेलमा इजिप्टलाई पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.