|

काठमाडौं : राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो। 

संघीय संसदको महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी गराएका छन्। 

यसअघि पनि राष्ट्रियसभाको बैठक बिशेष कारण देखाउँदै दुई पटक स्थगित भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.