|

काठमाडौं : सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन सुरु गरेको छ। यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइने मन्त्रालयले जनाएको छ।​ बुस्टर डोज लगाउनका लागि काठमाडौंको सिभिल अस्पतालमा निकै भिडभाड बढेको छ।

लामो लाइन र उच्च भिडभाडले गर्दा कोरोना संक्रमणको जोखिम झनै बढेको सहजै अनुमान गर्न सकिन्छ। कोही लाइनमा पालो कुरिरहेका देखिन्थे भने कोही पालो नआउने देखेर यत्तिक्कै फर्किरहेका थिए।

६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने मन्त्रालयले निर्णय गरेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.