|

बैतडी : बैतडीको दशरथचन्द  नगरपालिका ११ मा जारी एनआरवाइसी टि–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले हात पारेको छ।

आज सम्पन्न फाइनल खेलमा आयोजक एनआरवाइसी टिमलाई ६ विकेटले पाखा लगाउदैँ कैलपालले उपाधि हात पारेको हो। एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले ९.१ ओभरमा ४ विकेट गुमाउँदै पार गर्‍यो।

जसमा ओपनर प्रदीप चन्दले अर्धसतकिय पारी खेल्दै नटआउट ७३ रन जोडे।  यस्तै अर्का ओपनर राजु भाटले १५ र महेश चन्दले १८ रन बनाए।  एनआरवासीका लागि कप्तान मदन चन्दले २ विकेट हात पारे।

त्यसअघि बगलेखान खेलमैदानमा पहिला ब्याटिङ्ग गरेको एनआरवाइसीले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ११८ रन जोड्यो।  उसका लागि राम चन्दले सर्वाधिक ६४ रनको योगदान गरे।  कैलपालका लागि महेश चन्द र गोविन्द नाथले एक/एक विकेट हात पारे।  म्यान अफ द फाइनल कैलपालका प्रदीप चन्द भए।

उपाधिसँगै कैलपालले २० हजार पुरस्कार हात पारेको छ भने उपविजेता एनआरवाइसीले १० हजारमा चित्त बुझायो। यसैबीच  प्रतियोगिताभर २२० रन बनाउदैँ २ विकेट हात पारेका कैलपालका प्रदीप चन्द म्यान अफ द सिरीज भए। उनले २ हजार पुरस्कार पाए।

यस्तै १९५ रन बनाउन सफल कैलपालकै राजु भाट बेस्ट ब्याट्सम्यान, ९ विकेट पारेका एनआरवासीका रिसिकेश बोहरा बेस्ट बलर  र एनआरवाइसीकै रोहित चन्द उदयीमान खेलाडी चुनिए।

नागार्जुन रणसैनी युवा क्लव बठ्ठा (एनआरवाइसी) को आयोजनामा गत पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको आयोजक नागार्जुन रणसैनी युवा क्लवका अध्यक्ष वीरेन्द्र चन्दले बताए।

विजेता र उपविजेता टिम र खेलाडीलाई  जिल्ला समन्वय समिति सदस्य रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्द, बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोकराज जोशी, निर्माण व्यवसायी संघका अध्यक्ष सुरेशबहादुर चन्द, नेपाली कांग्रेस क्षेत्र नम्बर ख का  क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीलगायतले पुरस्कार वितरण गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.