|

झापा : झापा प्रहरीले अवैध काठसहित १६ कार्टुन माछा बरामद गरेको छ।

प्रहरी कार्यालय झापाको टोलीले आइतबार बिहान गौरादह नगरपालिका-३ स्थित सहिद गेटअगाडि भारतबाट लुकाइछिपाई भन्सार छलेर नेपाल भित्र्याइएको अवैध १६ कार्टुन माछा बरामद गरेको हो।

बरामद गरिएको माछा मे १ च ३६३२ नम्बरको छोटा हात्ती नामक (पिकअप) मा हालेर लगिरहेको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

माछाको नेपाली बजार मूल्य १ लाख ९२ हजार रहेको जनाइएको छ। पशु क्वारेनटाइन जाँचबिना माछा भारतबाट ल्याउन नेपालमा प्रतिबन्धित छ।

बरामद ६ सय ४० किलोग्राम माछा इलाका प्रहरी कार्यालय गौरादहमा सबैको रोहबरमा आजै नष्ट गरिएको उनले बताए।

त्यस्तै प्रहरीले शनिबार दिउँसो १२ बजे बुद्धशान्ति गाउँपालिका-१ स्थित दामा खोलाबाट सखुवा(साल) को गोलिया काठ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले ४७ क्युबिक फिट सखुवा बेवारिसे अवस्थामा बरामद गरेको हो।

बरामद काठ आवश्यक श्री रोङ सब-डिभिजन वन कार्यालय इलामलाई बुझाइसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.