|

काठमाडौं : भन्सारमा रक्सी काण्ड मच्चाउँदा छानबिनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले अवैध सुन काण्डमा पनि जरिवाना तिरेको खुलेको छ।

रेग्मीले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा रक्सी काण्ड मच्चाएको घटना गत कार्तिक २० गतको हो भने अवैध सुन काण्ड चार वर्ष अघि ०७४ पुस ७ गतेको हो। बेलायतबाट फर्किंदा रेग्मीले अवैध रुपमा ल्याएको ३० ग्राम सुन त्रिभुवन भन्सार कार्यालयले जफत गरेर मुद्दा चलाएको खुलेको छ।

भन्सार कार्यालयले अवैध सुन जफत गरी बिगो बराबरको एक लाख ४० हजार ६८५ रुपैयाँ जरिवानाको फैसला गरेको खुलेको छ। अवैध सुनसहित रेग्मी पक्राउ परेको करिब तीन वर्षपछि २०७७ भदौ २१ गते भन्सार कार्यालयले मुद्दाको किनारा लगाएको हो।

अवैध सुन काण्डमा मुद्दा चलेको बेला रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत भइसकेका थिएनन् भने कार्यकारी अधिकृत नियुक्त भएको करिब आठ महिनापछि सजायको निर्णय सुनाइएको थियो।

रेग्मी २०७६ माघ १६ गते नियुक्त भएका थिए। रेग्मीले भन्सार नियमविपरित रक्सी भन्सारबाट छिराउन खोज्दा कर्मचारीमाथि दुर्व्यवहार गरेपछि उनीमाथि मन्त्रालयले छानबिनसमेत गरेको थियो। त्योबेला रेग्मीले माफीसमेत मागेका थिए।

रक्सी काण्डबारे मन्त्रालयले छानबिन गर्ने क्रममा भन्सार कार्यालयलाई विवरण माग्दा उनले सुन चोरी पैठारी मुद्दामा जरिवाना तिरेको खुलेको हो। यसबीचमा रेग्मीले बोर्डमा अनियमितता गरेको भन्दै पर्यटन बोर्डले छानबिन समिति गठन गरि अनुसन्धान गरिरहेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.