|

काठमाडौं : सरकारले काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध खोपको बुष्टर डोज दिन सुरू गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ ठाउँबाट बुस्टर डोज लगाउन सकिनेछ।

आइतबारदेखि बुस्टर डोज दिने भनिए पनि तयारी नपुगेको भन्दै सोमबारदेखि लगाउन लागिएको हो। तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने स्वास्थ्य महाशाखाले जनाएको छ।

टेकु अस्पताल, टियु शिक्षण अस्पताल, वीर अस्पताल, प्रसूति गृह‚ प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताललगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ।

बुस्टर डोज लगाउन पूर्ण खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनु पर्नेछ। माघ १४ देखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिलाई बुष्टर डोज खोप लगाइने महाशाखाले जनाएको छ। बुस्टर डोज सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोप गरेका बिरामी, एचआइभीका बिरामी र रोग प्रतिरोधी क्षमता कम गराउने औषधि सेवन गरिरहेकाले लगाउन उपयुक्त हुने  स्वास्थ्य सेवा विभागले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.