|
फाइल तस्बिर

काठमाडौं : शंखरापुर नगरपालिकाले शाली नदीको मेलामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।

नगरपालिकाले सोमबार सूचना जारी गरी मेलाभरि जुवातास खेल्न खेलाउन र मद्यपदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो।

नगरपालिकाले मासु पसलहरू पनि मेलाभरि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मेलामा राखिने सबै पसल र व्यवसायीसँग वस्तुको मूल्य सूची राख्न पनि आग्रह गरेको छ। 

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु हुँदैछ।

यही वेला साँखुस्थित शाली नदीमा स्वस्थानीको विशेष मेला लाग्ने गर्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.