|

काठमाडौँ : लियोनल मेसी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवानडोस्कीले फिफाको 'द बेस्ट २०२१' को उपाधि जितेका छन्।

लेवानडोस्कीले लगातार दोस्रो बर्ष फिफाको 'द बेस्ट' अवार्ड जितेका हुन्। यसअघि २०२० मा पनि यो अवार्ड उनले नै जितेका थिए।

बालोन डी अर विजेताले फिफाको बर्ष खेलाडीको उपाधि जित्न नसकेको यो पहिलो पटक हो। यस बर्ष लियोनेल मेसीले बालोन डी अर को उपाधि जितेका थिए।

लागाता दुई वर्ष यो अवार्ड जितेसँगै लेवानडोस्की क्रिष्टियानो रोनाल्डोसँग २(२ पटक यो अर्वार्ड विजेताको रुपमा बराबरी गरेका छन्।

२०२१ का सबै विजेताहरू :

फिफाको उत्कृष्ट पुरुष खेलाडी ( रोबर्ट लेवानडोस्की)
फिफाको उत्कृष्ट महिला खेलाडी (एलेक्सिया पुटेलास_
फिफा फ्यान अवार्ड (डेनमार्क र फिनल्याण्ड फ्यानहरू)
फिफाको उत्कृष्ट पुरुष प्रशिक्षक –(थोमस टुचेल)
फिफा उत्कृष्ट महिला प्रशिक्षक (एम्मा हेस)
फिफा फेयर प्ले अवार्ड ( डेनमार्क राष्ट्रिय टोली र कर्मचारी)
पुस्कास अवार्ड (एरिक लामेला)
उत्कृष्ट फिफा पुरुष गोलकिपर (एडवर्ड मेन्डी)
फिफाको सर्वोत्कृष्ट महिला गोलकिपर (क्रिस्टियन एन्डलर)
फिफा बेस्ट स्पेशल अवार्ड (क्रिस्टीन सिन्क्लेयर)
फिफा बेस्ट स्पेशल अवार्ड (क्रिस्टियानो रोनाल्डो)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.