|

काठमाडौं : प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले २० ओभरमा ५ विकेट गुमाउदै १५५ रन बनायो। 

पुलिसका लागि पवन सराफले अर्धसतकीय पाली खेले। उनी   ५९ रन बनाएर आउट हुँदा ५४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहर गरे।

पुलिसका लागि दिलिप नाथले अविजित ३१ रन बनाएका थिए भने अनिल शाहले २५ रन बनाए।  त्यस्तै आरिफ सेखले १२, शंकर राणाले ८ रन र रशिद खानले ५ रन बनाए भने दिपेन्द्र सिंह ऐरी शुन्यमा आउट भए। 

बागमतीका नन्दन यादव र रजिन ढकालले २–२ विकेट लिए भने प्रतिष जिसीले एक विकेट लिए। फाइनलमा पुग्ने लक्ष्यसहित बागमती अहिले जवाफि ब्याटिङ गरिरहेको छ। 

आजै हुने अर्को खेलमा साबिक विजेता त्रिभुवन आर्मी र एपीएफबीच खेल हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.