|

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।

बुढीगंग गाउँपालिका-१ टंकिसिनबारीका कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार दिउँसो मोरङ पक्राउ गरेको थियो। सोमबार जिल्ला अदालत मोरङमा ‘जबरजस्ती करणी गर्ने उद्योग’मा पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए।

कोइरालाले बाथरुम गएकी बालिकालाई शुक्रबार साँझ जवरजस्ती करणीको प्रयास गरेको आरोप छ। पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएका छ।

के थियो घटना?

टंकिसिनवारी रहेको बुवाको पसलमा शुक्रबार साँझ गएकी बालिका मुख धुन भनेर पसलनजिक रहेको बाथरुममा गएकी थिइन्। बालिका बाथरुम गएकाले बेला कोइरालाले जबरजस्ती करणी प्रयास गरेको बालिकाका आफन्तले बताए।

‘बालिकाले बाथरुमबाट बाहिर निस्कन नपाउँदै कोइरालाले समातेर भित्र लगेर जबरजस्ती गरेको भन्दै गहभरी आँसु पार्दै हामीलाई सुनाइन्,’ पीडित बालिकाको भनाइ उधृत गर्दै एक आफन्तले बताए।

बालिकालाई जबरजस्ती गरेपछि फरार रहेका कोइरालालाई मोरङ प्रहरीमा बालिकाको आफन्तले जाहेरी दिएपछि उनलाई आइतबार नियन्त्रणमा लिइएको थियो। बालिकाको विराटनगरको एक अस्पतलामा उपचार भइरहेको छ। ती बालिकाको छेउमा पुग्यो भने काहालिने र चिच्याउने गर्ने गरेको पीडित बालिकाको आफ्न्तले बताउँछन्। पीडितका आफन्तका अनुसार उनीमाथि भएको घटनालाई सम्झिएर अहिले पनि बालिका बर्बराउने गरेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.