|

काठमाडौं : देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार पर्वत, मकवानपुर, नवलपरासी र उदयपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो।​

पर्वत, मोदी गाउँपालिका-५ अम्बोटस्थित सडकमा ग.२ ख १०१३ नम्बरको बसले ग.६ प ५५७३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्वत माहाशिला गाउँपालिका-२ भोक्सीङ बस्ने ३८ वर्षीय प्रितम गुरुङको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।​

मकवानपुर, मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा ना.२२ प ६०६८ नम्बरको मोटरसाइकल सोमाबर दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय मिलन मगर भन्ने नबिन कुमार पुर्वाखनेको मृत्यु भएको छ। को.२ च २७८० नम्बरको गाडीलाई उक्त मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा सोही गाडीमा ठोक्किएर अनियन्त्रित भई ना.६ ख ४९६० नम्बरको ट्रकमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका पुर्वाखनेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय मनिक थिङको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।​

नवलपरासी पश्चिम, सरावल गाउँपालिका-१ हरकट्टापुलस्थित सडकमा लु.१ ख ७१७९ नम्बरको माईक्रोबसले लु.५४ प १२२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बर्दघाट नगरपालिका-९ भुताहा बस्ने ४२ वर्षीय उमाशंकर गिरीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।​

उदयपुर, कटारी नगरपालिका-८ बिजुलेस्थित सडकमा बा.१० च ४१८८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा गाडीमा सवार कटारी नगरपालिका-८ पाखाटोल बस्ने ३८ वर्षीय बिक्रम राना मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.