|

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले संसद् सुचारु गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहयोग गर्ने विश्वास लिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘संसद् खुलाउन सरकारले पहल गरिरहेको छ। संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राख्नुभएको थियो तर प्रमुख प्रतिपक्षी दलको नेता आउनुभएन।’
 
संसद् खुलाउनका लागि गठबन्धनले बारम्बार प्रयत्न गरिरहेको उनले बताए। 

उनले भने, ‘एमाले अध्यक्ष ओलीसँग मैले पनि धेरै पटक भेटवार्ता गरेँ। प्रधानमन्त्रीले पनि वार्ता गर्नुभएको छ। संसद् सुचारु गर्ने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल उत्तिकै जिम्मेवार हुन्छ। त्यसैले संसद् सुचारु गर्न एमालेले पनि सहयोग गर्ने विश्वास लिएका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.