|

काठमाडौं : बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले पानीमाथि पद्मासन गरेर विश्व कीर्तिमान राखेका छन्। श्रेष्ठले लगातार १ घण्टा ३० मिनेट पानीमाथि बसेर शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरी वर्ल्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन्।

सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। मन्त्री गहतराजले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए।

सन् २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षासम्बन्धी कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्मासन गरेका थिए। यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.