|

पछिल्लो समय लगातार तेस्रोपटक एसेस गुमाएर इङलिस क्रिकेट टोली अस्ट्रेलियासँग निरीह बन्दै अर्को शर्मनाक हार भोग्यो। यो उसका लागि हरेक वर्ष अस्ट्रेलियासँग इङल्यान्डको निरीहपनको पीडा इङलिस समर्थक जति कसलाई थाहा हुन्छ?

क्रिकेटमा पाकिस्तान र भारतबीच हुने प्रतियोगिता जस्तै इङल्यान्ड र अस्ट्रेलियाबीचको प्रतियोगितालाई पनि स्वाभिमानको लडाइँ मानिन्छ।

त्यही भएर नै एसेसमा लगातारको हारपछि इङल्यान्डमाथि प्रश्न उठेका छन्। धेरैले एसेसमा इङल्यान्डको हारको कारण खोजिरहेका छन्। अझ इङलिसहरूलाई त यो लज्जास्पद हार पचाउन निकै मुस्किल परिरहेको छ।

उनीहरू भनिरहेका छन्‚ 'अब इङलिस टोलीमा व्यापक परिवर्तन आवश्यक छ र हामी हरेक पटक अस्ट्रेलियासँग निरीहता स्विकार्दैनौँ।

हुन पनि इङल्यान्ड चौथो टेस्टमा ड्र गर्न सक्नु बाहेक अस्ट्रेलियालाई एकपटक पनि प्रतिस्पर्धात्मक प्रतिद्वन्द्वीको छवि देखाउन सकेन। ब्रिसबेनमा भएको पहिलो टेस्ट ९ विकेटले गुमाएको इङल्यान्डले एडिलेडमा भएको दोस्रो टेस्ट २७५ रनको फराकिलो अन्तरले हार्‍यो।

लगातार तीन खेल हार्दै पाँच खेलको सिरिज सुरुवाती ३-० ले गुमाउने क्रममा मेलबर्नमा त झनै निरीह बन्दै इनिङ र १४ रनले गुमायो।

शर्मनाक 'क्लिन स्विप' तिर अघि बढेको इङल्यान्डलाई चौथो टेस्टमा भने स्टुअर्ट बोर्ड जेम्स एन्डरसनले विकेट जोगाएर बराबरी गर्दै केही राहत दिए तर होवर्टमा भएको अन्तिम टेस्टमा पनि इङल्यान्ड फराकिलो हार भोग्न बाध्य भयो। १४६ रनले पराजित हुँदै पुनः एकपटक ४-० ले  सिरिज गुमायो।

घरेलु क्रिकेट संरचनाको बहस

इङल्यान्ड पराजित भएसँगै क्रिकेट समर्थकहरूले अब इङल्यान्डको घरेलु क्रिकेटको संरचनाका विषयमा प्रश्न गरिरहेका छन्। सबैखाले ढाँचामा खस्कँदो इङल्यान्डको प्रदर्शनलाई लिएर घरेलु क्रिकेटको संरचना परिवर्तन गर्नुपर्ने आवाज उठेको छ।

अर्थात् अब इङलिस क्रिकेट टोलीलाई तलैबाट पुनःसंरचना गर्नु जरुरी छ। बीबीसीमा लामो समयदेखि क्रिकेटको सूक्ष्म अध्ययन गरिरहेका जोनाथन एग्न्यू इङलिस क्रिकेटको पुनःसंरचना जरुरी रहेको मान्छन्।

उनी भन्छन्‚ 'हामीले इङलिस क्रिकेटलाई यति माया गर्‍यौं कि जीवनको अधिकांश समय क्रिकेटका लागि नै छुट्याएका छौं तर हरेक पटक अस्ट्रेलिया सामु हामी हारको अभिशप्त भोग्न तयार छौं।'

उनले थपे‚ 'हामी हाम्रो क्रिकेट हेर्छौं र भन्छौं- हामी यो गर्छौं‚ त्यो गर्छौं तर फेरि केही पनि गर्दैनौं।'

काउन्टी क्रिकेट आफैँ सुध्रिएर आउनुपर्ने मत बाक्लिएका छन्। तीन दिवसीय खेलहरूमा सुधार हुनुपर्ने मत उनको छ।​

बलियो अस्ट्रेलिया

एसेसमा अस्ट्रेलियाले देखाएको प्रभावले फेरि एकपटक उसले टेस्ट क्रिकेटमा आफ्नो दबदबा छोडेको छ। यद्यपि जारी टेस्ट च्याम्पियनसिपको यात्रा अझै लामो छ। तर यो भन्न सकिन्छ कि अस्ट्रेलिया पुनः पुरानो लयमा देखिएको छ र उसले आफूलाई फाइनलसम्मका लागि तयार गर्दै छ।

अस्ट्रेलिया र इङल्यान्डबीच भएको ७२ एसेस सिरिजमा कंगारु टोलीले ३४ पटक कब्जा गरेको छ। त्यसो त यो एसेसमा लगातार तेस्रोपटक कब्जा हो।

सन् २०१७-०१८ मा इङल्यान्डले ४-० ले खेल आफ्नो पक्षमा पारेको थियो। २०१९ मा भएको एसेस सिरिज २-२ को बराबरीमा रह्यो। सिरिज बराबरी भए पनि साविक च्याम्पियनका हिसाबले अस्ट्रेलियालाई विजेता मानियो।

योपटक पनि कमिन्स र उनको टोलीले इङल्यान्डलाई कुनै अवसर दिएन जतिवेला ऊ खेलमा फर्किन सकोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.