|

कञ्चनपुर : कोरोना कहरकै बीच शुक्लाफाँटा नगरपालिकामा माघीका अवसरमा सांस्कृतिक कार्यक्रमको रौनक बढेको छ। वडा कार्यालयको सहयोगमा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्।

थारू समुदायका लोपोन्मुख अवस्थामा पुगेका नृत्य जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका हुन्।

कार्यक्रममा थारू समुदायका सखिया, छोक्रा, मघौटा‚ मुंग्रह्वा लगायत नृत्यहरू प्रस्तुत गरिएका छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

यो अवसरमा परम्परागत नृत्यहरू देखाई मनोरञ्जन लिने गरिन्छ। यसै अवसरमा थारू समुदायका मौलिक परिकार ढिक्री लगायत पाहुना आएकालाई खुवाउने समेत गरिन्छ।

थारू समुदायमा नृत्यको चाँजोपाँजोको व्यवस्था बडघरले मिलाउने गर्छन्। नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउनुपर्ने चलन रहेको छ।

माघीमा देखाइने मघौटा नाचमा नाच्नेले उत्तानो परी आँखाको परेला र मुखले पैसा उठाउने कला देखाउने गर्छन्।

रोमाञ्चले भरिएको नाच हेर्ने उत्सुकता यो बेलाबेग्लै प्रकारको हुने गरेको छ। माघीकै अवसरमा शुक्लाफाँटा नगरपालिका-९ भम्केपानीमा आयोजित सांस्कृतिक कार्यक्रमका तस्वीरका झलकहरू।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.