|

काठमाडौं : नेकपा (एमाले)ले ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।  ​

भौगोलिकतर्फ ६३ र गैर भौगोलिक तर्फ २ जिल्लामा अधिवेशनहरू सम्पन्न भइ नयाँ नेतृत्व चयन भएको हो।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन बाँकी नै छ। 

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिड–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि पछि आयोजना गरिने जनाइएको छ। 

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएका एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले गत पुस २३ गते जिल्ला अधिवेशन उद्घाटन गरेका थिए। 

हेर्नुस् नामावली :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.