|

काठमाडौं : आसिफ शेख र प्रदीप ऐरीको शतकीय साझेदारीमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३० रनको योगफल खडा गरेको छ।

एपिएफका लागि ओपनिङमा आएका आसिफले ४३ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको योगदान गरे। उनले पहिलो विकेटका लागि प्रदिपसँग १ सय ५० रनको साझेदारी गरे।

प्रदिप ५३ बलमा ७ चौका र एक छक्कासहित ५७ रन जोडेर अविजित रहँदा लोकेश बमले १८ बलमा २ चौका र ९ छक्कासहित ६६ रनको उत्कृष्ट इनिङ खेले। आर्मीको वलिङमा जितेन्द्र मुखिया र सुमित श्रेष्ठले १÷१ विकेट लिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.