|

काठमाडाैं : लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकले गिरावट आएको छ।

बजार आज १०.७८ अंकले घटेसँगै नेप्से परिसूचक दुई हजार ९३६.६६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.१ अंकले बढेर ५४७.४६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक १.३२ प्रतिशतले उकालो लागेको छ।

होटेल तथा पर्यटन समूह १.२९ प्रतिशत बढ्दा म्युचुअल फन्ड समूहमा १.२१ प्रतिशत र बैंकिङ समूहमा १.१८ प्रतिशतले वृद्धि भएको छ। आज व्यापार समूह सर्वाधिक २.६३ प्रतिशतले ओरालो लागेको छ।

वित्त समूह २.६१ प्रतिशतले घट्दा विकास बैंक समूहमा २.४७ प्रतिशत, जलविद्युत समूहमा १.०३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, जीवन बीमा समूहमा १.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.३९ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत र निर्जीवन बीमा समूहमा १.३३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६२ रुपैयाँमा किनबेच भएका छन्।

आज अपी पावरको सर्वाधिक २८ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २५ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको २५ करोड १९ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख रुपैयाँकाे काराेबार भएकाे छ।

यस्तै हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँ, एनआइसी एसिया बैंकको १९ करोड १ लाख रुपैयाँ, अप्पर तामाकोशीको १८ करोड ८० लाख रुपैयाँ, मध्यभोटेकोशी जलविद्युतको १७ करोड ४१ लाख रुपैयाँ, एचआइडिसिएलको १५ करोड ४२ लाख रुपैयाँ र प्रभु बैंकको १५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सामलिंग पावरका सेयरधनीहरूले धेरै कमाए। यो कम्पनीको सेयरमूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ। मध्यभोटेकोशी जलविद्युतको सेयरमूल्यमा पनि ८ प्रतिशत बढीले वृद्धि भएको छ। आज मानुषी लघुवित्तका सेयरधनीहरूले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ५ प्रतिशतको गिरावट आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.