|

कम्युनिस्ट पार्टीको नेता भएकाले तपाईंलाई कमरेड भन्नैपर्‍यो तर तपाईंको ठालूपनले  महाराजको चिन्तन र चरित्र बिर्साउने खालको हुँदा  कमरेड भन्न पनि सकिएन। कमरेडले जेजे गरे पनि सदा मौन रहने  पशुजस्तो असल मित्र  त झन् हुन सकिएन। 

अलिबढी चेतना र विवेक हुनु नै यो नरपशु अर्थात् मानिसका लागि दुर्भाग्य भयो। 

भेडा भए भ्याभ्या गर्थेँ। भैँसी भए आइँ गर्थेँ।  मान्छे भएकाले ऐय्या भन्दा कमरेड महाराजको  चित्त दुःखेछ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रभुजी मलाई भेडो बनाउ भन्ने कविता यसै लेखेका  रहेनछन्।

देवकोटाले भनेझैँ भेडो भएको भए दुशासन र सुशासनमा  कुनै फरक दखिने  थिएन र यसका कारण आफूलाई कुनै चिन्ता हुने पनि थिएन। 

आँखा हुनु नै खराव भयो, कान हुनु अर्को दुर्गुण भयो। सही र बेसही छानविन गर्ने चेत नै महान् दुर्गुण भयो। प्रश्न, जिज्ञासा र प्रतिवाद गर्ने उच्च मानवीय संस्कार बनाउँनु नै महान्  कमजोरी भयो। 

कमरेड तपाईंको जत्तिको तीखो बुद्धि कहाँ छ र भएको भए उहिल्यै माथिमाथि पुगिसक्थेँ होला। सिद्धान्तका नाममा चेसको गोटी चाल्न जानिन, बाघ चाल पनि खेल्न सिकिनँ। धर्ती र धरातल छाडेर बुर्कुसी मार्न पनि जानिन। आफूलाई  धर्ती छाडेर भन्दा धर्ती छोएर बढेको उचाइ आफूलाई मन पर्छ।

प्रकृतिले नै पनि प्रतिवाद गर्न सिकायो। अन्धकारलाई मास्न सूर्य उदाए। सत्य सदा असत्यविरुद्ध लडिरह्यो। विकृति विरुद्ध सुकृतिले आजीवन विरोध जनाइरह्यो। 

बिस्टा थोरै भए पनि मलाई चाहिँ गह्नायो कमरेड।  मैले बिस्टा गन्हायो पनि भन्न हुनेरहेनछ। बल्ल ६८ वर्षका उमेरमा कमरेडबाट  अघ्घोर शिक्षा पाइयो यसमा कमरेड महाराजप्रति आभारी छु।

कमरेड, तपाईँ  आजीवन पार्टी अध्यक्ष हुँदा पनि मैले बोल्नु हुने रहेनछ। राजा महाराजालाई  झैँ तपाईलाई स्वस्ती सलाम गर्नु पर्ने रहेछ। यो कुरा मैले जानिन, यो मेरो  महान् गल्ती भयो।

आफूमाथि स्वामी वर्गले जघन्य अपराध गर्दा तिनका विरुद्ध दासहरुले विद्रोह गर्नु कमरेड महाराजाको नजरमा गल्ती रहेछ। तपाईंले स्पर्श गरेका  सबै जाती, चोखा, सती र सावित्री। तपाईका नातागोता सबै योग्य  सक्षम र तिनैका हातमा बारबार सबै खालका अवसरै अवसर। तर तिनीहरु  सङ्ंकटका बेला चमडी जोगाउन गुप्ती गुफामा लम्पसार !  

काम बहादुर बेखवर, बात बहादुरलाई  हजार अवसर,  पार्टीमा १२ कक्षाबाट एकैचोटि १६ कक्षामा  फड्को !   तपाईले  जे जे गर्नुहुन्छ,चुपचाप सहनुपर्ने रहेछ। तथापि  सत्यको अन्वेषण गर्दा ग्यालिलियो मारिए, ब्रूनोलाई जिउँदै जलाइयो। यी सब खतवात सहेर आजका दिनसम्ममा समाज सभ्य र भव्य बनेको हो।

 कमरेड तपाईंको जत्तिको तीखो बुद्धि कहाँ छ र भएको भए उहिल्यै माथिमाथि पुगिसक्थेँ होला। सिद्धान्तका नाममा चेसको गोटी चाल्न जानिन, बाघ चाल पनि खेल्न सिकिन। धर्ती र धरातल छाडेर बुर्कुसी मार्न पनि जानिन। आफूलाई  धर्ती छाडेर भन्दा धर्ती छोएर बढेको उचाइ आफूलाई मन पर्छ।

मनस्येकम् वचस्येकम् कर्मण्येकम् महाजनः, अर्थात् महाजनको मन, बोली र व्यवहार एकनास वा समान हुनुपर्छ यस्तै नचाहिने कुरा सिकेर गल्ती गरिएछ।

फेसबुकमा चेतनामूलक,  आलोचनात्मक तथा विचारपरक धारणा  व्यक्त गर्दा नेता बराल रिसाएको थाहा भयो। के गर्नु फेसबुकमा तरुनी  प्यारीसित गाला जोडेर ङिच्चङिच्च गर्न जानिएन। कम्युनिष्ट कालमा  पनि देखेको सही, सत्य र कटुयथार्थ भन्नु हुने रहेनछ। 

इतिहासमा सत्य बोल्ने कोही थिएनन् भन्ने नहोस् भनेर पनि आइपर्ने सब खतवात सहने आँट गरेर नेताका कमजोरी सुझावका रुपमा उल्लेख गरेको हो। सत्यका लागि सुकरातले बिष पिएको कुरा कथुर्ने नेताले सत्य बोल्दा किन तर्सिनु परेको हो रु   यो बुद्धिहीन बुद्धिले बुझ्दै बुझेन।

तपाईँ  जस्तो सर्वज्ञानी ÷ सर्वअज्ञानी आफू  भइएन।  तपाईं त विषय विज्ञलाई समेत अर्ती बुद्धि र मार्गदर्शन गर्न जान्ने महान् नेता न हु्नु भयो। तपाईं आकास कुसुम आफू भुइँको  झारपात १  सत्य बोलेर मैले  गर्नु बिराम गरेँ।

 मैलै नेतालाई  सुधार्न खोजेँ, उधार्न होइन। सच्याउन खोजेँ, भत्काउन होइन। नेताका कमी कामजोरी समयमै सच्चिउन् भन्नु मेरो महान् भूल भयो। यस्ता भूलहरु मबाट बारबार  हुनेछन्। यसमा कुनै लोभ र लालचले छेक्न सक्ने छैनन्। 

मलाई चाकरहरुको लस्करमा अर्को चाकर थपिनु थिएन र छैन। आलोचना वा  गालीमा  पनि मायाँ मिश्रित हुन्छ भन्ने कमरेड महाराजलाई थाहा रहेनछ। यहाँ त सुझाव सल्लाह दिँदा पनि जिब्रो थुत्न उद्यत प्रवृत्ति देखियो। टोपी लगाउँदा तपाईंको अनुहार खुल्छ भन्दा एउटा नेता खूव रिसाए।

इटहरी सुनसरीका नेता ओम कोइरालाको अभिनन्दन समारोहमा सम्बोधन गर्न नजानेको देखेर सुझावमूलक लेख लेख्दा उही नेताले एक अनलाइन खबर पत्रिकामा लेख छाप्न प्रतिबन्ध लगाए। नेम्बाङ थरका नेताले भएभरका लिम्बूलाई घरमा भेला गरेर जातीय भड्काउ अभियान चलाएको थाहा पाएर  आलोचना गर्दा ती पनि रिसाए।

अर्का सुब्बाथरि नेताले नेपाली भाषालाई खस भाषा भनेकामा तर्क र तथ्यसहित दृढ असहमति जाहेर आफैँ अक्कबक्क भई मैदेखि रिसाए। कुन कमरेडले मन्त्री हुँदा के के खाए र तिनलाई पत्रकार भूषण दाहालले टेलिभिजनमा र्‍याखर्‍याख्ती पार्दा होस हवास हराएको देख्दा भारी सरम भयो। यही कुरा लाक्षणिक रुपमा फेसबुकमा लेख्दा अर्का ठूला  कमरेड पनि रिसाए।

जननेता मदन भण्डारीले भनेझैँ आफ्नो गल्ती, अपराध र बेसोमतिका कारण आफैँ रिसाउनेसित के भन्न सकिन्छ छ र। तर यस लेखकले जायज रिसलाई सौन्दर्य ठान्छ। 

जसरी पनि पैसाका पछि लाग्ने नेताका सन्तान कहिल्यै सुमति र सुगतिका हुँदैनन्। असल सन्तानले आफैँ गरिखान्छ, कमसल सन्तान बाबुले थुपारिदिएको सम्पत्तिका कारण भुईमा न भाँडामा हुन्छ र  रोडपति हुन्छ, कटौरा थापेर मागी खानु पर्ने  अवस्थामा पुग्छ। यो कुरा भोलि नै देखिनेछ।

आफूले किनेको दाम्लोको मात्र माया हुन्छ। लुटको धन फपूको श्राद्ध त्यसै भनेको होइन। जे गर्दा पनि जे बोल्दा पनि सरम नहुने कस्ता  नेता हुन् रु पार्टीका नाममा  नाङ्ले पसल फिँजाएर दुईचार अनुचरका भरमा  महाराज सरह गजक्क परेका छन्।  आफ्नै घर खरानी पार्ने र अजेय  मार्क्सवादमाथि कात्रो ओडाएर मलाम जान उद्यत कमरेड पनि नेपालमा जन्मिएका रहेछन्।

जननेता मदन भण्डारीको आजीवन बखान गरेर कहिल्यै नथाक्ने तर उनै भण्डारीको चिहान खन्न अघिअघि सर्ने नेता पनि यहीँ रहेछन्। आफू प्रमुख अतिथि रहेको स्रष्टा बैठकमा गौतम थरि नेताका आडमा  मोरङका  नेपाली उपथरि कार्यकर्ताले यस लेखकलाई भद्दा कटाक्ष गर्दा यस लेखकले ठाउँको ठाउँ कडा प्रतिवाद गरेको थियो। १० वर्षपछि पुरानो खाटा लागेको घाउ कोट्याएर मैसित बदलाको भावना राखिरहेका छन्। 

कतिछन् भुरे टाकुरे महाराजहरू कतिलाई स्वस्ती सलाम गर्नु पर्ने हो। लेखक, कवि, स्रष्टा र चिन्तकले नेताका  भएभरका बेसोमति भद्दा, कुरुप र कटु कटाक्ष कहिले सम्म सहनु पर्ने हो? हुँदाहुँदा इटहरी उपमहानगर पालिकाकी उपप्रमुखले इटहरीका स्रष्टा समाजलाई एक अनलाइन पत्रिकामा तथानाम फतुर गाली गरिछन्। इटहरीका वरिष्ठ स्रष्टा तथा बुद्धिजीवीलाई नगरपालिकाको रकम हिनामिना गरेको कुन मुखले भनेकी हुन्।

यिनका कतिवटा मुख छन् रु इटहरीका स्रष्टाहरुले बाध्य बनाएर नगर प्रमुखको आदेशमा २०७५,०७६ सालमा राष्ट्रियस्तरका सर्जकलाई आमन्त्रण गरी उही स्तरको कार्यक्रम गरेका थिए।

पालिकाका कर्मचारी महेश सुवेदी र कलाकार कृष्ण नेपालले नगरपालिकाबाट दुई वर्ष गरी ६ लाख जति पेश्की लिएर कार्यक्रम सम्पन्न गरे। उतिबेलै पेश्की फर्स्यस्र्योट पनि गरे तर २०७७ सालको बजेटमा कला साहित्य परिषद् गठन गर्ने र ईः लाइब्रेरी बनाउने आफ्नो उद्घोष विरुद्ध एकरत्ति उपप्रमुखले काम गरिनन् पुस्तकालयमा एउटा पनि पुस्तक थपिनन्। इटहरीका स्रष्टालाई स्थानीय सरकारको रकममा र्‍यालकाढ्ने झुण्ड भनेर मनपरी बोल्छिन्।

नगरप्रमुख द्वारिकलाल  चौधरी आर्थिक मामिलामा इमान्दार छन्। स्रष्टाका हितमा पनि उनी सकारात्मक भएकाले अलिकति भए पनि स्रष्टाले आफ्नै इज्जत जोगाउन दुई वर्ष साहित्यिक कार्यक्रम गरेका थिए। 

साथी र सारथिले भष्मखरानी पारेको देखेर पनि नदेखेको हो भने केही समय पर्खिनुहोस्। आफ्नो मलामी आफैँ गएपछि थाहा पाउनु हुनेछ कामरेड।  आफैँ नमरी स्वर्ग देखिन्न क्यारे।

तर, प्रायः नगरका बहुआयामिक विकासमा सकेसम्म भाँजो हालेर त्यसको सबै दोष प्रमुख चौधरीका थाप्लामा हाल्ने उपप्रमुखको स्वभावका कारण इटहरी उल्टो बदनाम हुँदै गएको छ। सुनसरीमा फलाना फलाना बाहेक एमालेमा कोही योग्य नेता छैनन् भन्ने  अफवाह फैलाउन खोजेको देखिन्छ।

जिल्ला पार्टीको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खेमराज पोखरेलले बेलैदेखि राम्रै तयारी गरेका भए उक्त अफवाहलाई तोड्ने थिए। तर पनि उनले उक्त अफवाहलाई राम्रै धक्का दिए।

इटहरी निवासी जिल्ला स्तरका एमाले रामप्रसाद चौलागाईले इटहरी खानेपानी संस्थामा रहेर तमाम उपभोक्तालाई र अझ अशक्त उपभोक्ताका हितमा काम गरेको देखेर रिस गर्ने नेता पनि पाइए।

नगरपालिकामा भोलिको नेतृत्व चौलागाईले लिन्छन् भन्ने भयले अहिले देखि नै कतिको निन्द्रा हराम भएको देखिन्छ। प्रचार प्रसारमा मित्र र शत्रु दुवै काम लाग्छन्।  

बाचुन्जेल सत्ता, शक्ति र शासनमा   बस्न अपहत्ते गर्ने र कमरेड्ली भावना नभएको तपाई कमरेड होइन कमरेड महाराज हो। हुति, मति र गति केही नभए पनि  शिर्षासनमा नपाए आफैँ उभ्भिएको भुइँ खोस्रने भातमारा र भाइमारा तपाईं कमरेड  महाराज नै हो।

माओले आलोचना ओखती हो भनेको कुरालाई रछ्यानमा फ्याल्ने अनि पार्टीमा जनवादी केन्द्रीयताका नाममा नोकरसाही जनवाद लागु गर्ने  तपाई नै हो।

पार्टीमा भाइरस छिराएपछि एन्टिभाइरस वा प्रतिरोधी क्षमता पनि चाहिन्छ मात्र भनेको हो। क्षयरोगले कसैलाई माया गर्दैन। कमरेड पहिले तपाई आफैँ  बाँच्नु होस् अनि अघाउँजी खान पाउनु होला भनेको मात्र हो। तुलनात्मक रुपमा हेर्दा धेरै राम्रा काम पनि भएका छन् तर भित्रभित्रैका कुरुप दृश्य खुला समाजमा धेरै दिन लुक्न सक्तैन है भनेर  सतर्क गराउन खोजेको मात्र हो।

तर आफ्ना नाकमा लागेको गोबर तपाईं आफैँले नदेखेपछि देखाइदिएको मात्र हो। सप्रने  मति छैन भने मलाई केही भन्नु छैन।

सच्चा साथीले मात्र सही सल्लाह दिन्छ। आरती मात्र उतारु साथी र सारथिले भष्मखरानी पारेको देखेर पनि नदेखेको हो भने केही समय पर्खिनुहोस्।

आफ्नो मलामी आफैँ गएपछि थाहा पाउनु हुनेछ कामरेड।  आफैँ नमरी स्वर्ग देखिन्न क्यारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.