|

सिन्धुली : भूमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले जिल्लाका भूमिहीनलाई जमिनको स्वामित्व दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ऐन कानुन र विगतमा आयोगले गरेको राम्रो कामको परिधिमा रहेर र स्थानीय तहसँगको समन्वयमा उचित ढंगले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने उनले दाबी गरे।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका नवनियुक्त अध्यक्ष रामकुमार पौडेलले आज पदभार ग्रहण गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजन दाहालले सिन्धुलीको सुकुम्बासी समस्या र अव्यवस्थित बसोवासलाई आयोगले प्रभावकारी ढंगले समाधान गर्नेमा विश्वास व्यक्त गरे। उनले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्दा राजस्व पनि बढ्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले राम्रो तरिकाले काम गरे सुकुम्बासीलाई न्याय अनुभूति हुने बताए। 

नेपाली कांग्रेस सिन्धुलीका सचिव कृष्णराज दाहालले जिल्लाका भूमिसम्बन्धी समस्या हल गर्न र वास्तविक सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्ने धारणा राखे।

अध्यक्ष नियुक्त पौडेल नेकपा (माओवादी केन्द्र) सिन्धुलीका जिल्ला संयोजक हुन्। पौडेललाई पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीको अध्यक्षमा नियुक्त गरेको हो। समितिमा राजनीतिक दलका थप तीनजना नियुक्त हुने पौडेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.