|

काठमाडौं : पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ।

वि.सं. १९९० मंसिर ३० गते जन्मिएका पूर्व प्रधानन्यायाधीश शर्माको बुधबार निधन भएको हो। 

उनी वि.सं. २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश थिए।

कानुनमा स्नातक उनी वि.सं.२०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।

वि स २०१७ सालमा कानून मन्त्रालयअन्तर्गत अधिकृत भएका उनी वि स २०२२ सालमा उपसचिवमा बढुवा भएका थिए।

वि स २०२६ सालमा अञ्चल न्यायाधीश भएका उनी २०४८ भदौ अन्तिम साता सर्वोच्चमा बढुवा भएका थिए। 

उनी जनसेवा पदक, दीर्घसेवा पदक र गोरखा दक्षिणबाहुबाट विभुषित भएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.