|

पाल्पा : पाल्पामा वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा निस्दी गाउँपालिका­ १ पूर्वमलाङका ५७ वर्षीय उजरसिंह आले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

आलेले ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यही माघ २ गते आफूमाथि करणी भएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.