ग्लेन म्याक्सवेलले अस्ट्रेलियन बिगबासमा सर्वाधिक धेरै स्कोर गर्ने रेकर्ड बनाएका छन्। उनले नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्सविरुद्ध १५४ रनको अविजित इनिङ खेले।
उनले ६४ बलमा १५४ रनको अविजित इनिङ खेलेका थिए। जहाँ उनी बिगबासमा सर्वाधिक रन बनाउने खेलाडीका रूपमा स्थापित समेत भए।
समग्रमा उनको यो टी-२० मा नवौँ ठूलो स्कोर हो। उनले ४ छक्का र २२ चौका प्रहार गरेका थिए। म्याक्सवेलको सानदार इनिङमा २७३ रनको विशाल स्कोर बनाउन मेलबर्न स्टार सफल भयो।
मेलबर्नले केवल २ विकेट गुमाएर २७३ रन बनाएको थियो। जुन टी-२० फ्रेन्चाइजको सर्वाधिक ठूलो स्कोर हो।
उनीबाहेक मार्कुस स्टोइनिसले समेत विस्फोटक इनिङ खेले। उनले ३१ बलमा ७५ रन बनाए।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने जारी सिजनमा सर्वाधिक महँगा रहे। उनी ४ ओभरमा ५२ रन खर्चिएर विकेटविहीन बने।
सबै बलर महँगा सावित भएका थिए। जवाफमा हुरिकेन्सले १६७ रन मात्र जोडेपछि स्टार्सले १०६ रनले जित हासिल गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।