|

काठमाडौं :​ इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले लेस्टर सिटीमाथि रोमाञ्चक जित निकालेको छ। निर्धारित समयमा खेलमा २-१ ले पछि परेको टोटनह्याम इन्जुरी समयमा दुई गोल गर्न सफल भएपछि लिग अंक तालिकामा पाँचौ स्थानमा उक्लिन समेत सफल भयो।​

टोटनह्यामको जितमा स्टेभेन बर्गविन्ज नायक सावित भए। उनले उनले इन्जुरी समयको पाँचौ र सातौं मिनेटमा गोल गर्दै ३-२ को जित दिलाए। खेलमा अग्रता भने लेस्टर सिटीले २४ औ मिनेटमा प्याटसन डाकाको गोल मार्फत् लिएको थियो। तर पहिलो हाफमा नै बराबरी गर्ने क्रममा टोटनह्यामका लागि हेरि क्यानले ३८औ मिनेटमा बराबरी गोल फर्काए।

लेस्टरले ७६ औ मिनेटमा गोल गर्दै दोस्रो पटक अग्रता बनायो। म्याडिसनले गरेको गोल निर्धारित समय सम्म जोगाए पनि अतिरिक्त समय भने लेस्टरका लागि पिडादायी रह्यो। जितसँगै टोटनह्याम १९ खेलबाट ३६ अंक बनाएर पाँचौ स्थानमा उक्लियो पराजित लेस्टर भने १९ खेलबाटै २५ अंकका साथ १० औ स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.