|

काठमाडौं : पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेको छ। बुधबार ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या उकालो लागेसँगै काठमाडौं उपत्यकाका सडकमा गुड्ने सवारीसाधनको संख्या पनि घटेको छ।

गुडेका अधिकांश सवारीसाधनका सिट पनि रित्तै देखिन्छन्। मुख्य चोकमा पनि यसअघि जस्तो जाम यतिवेला देखिँदैन। सर्वसाधारणको भीडभाड पनि घटेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता संजीव शर्मा दासले अहिले सडकमा गुड्ने सवारीसाधनको संख्यामा ५० प्रतिशत कमी आएको बताए।

उनले भने, ‘पहिलाभन्दा अहिले ५० प्रतिशत गाडी सडकमा गुडेका छैनन्, अहिले एक घरमा १/२ जना बिरामी नै छन्, त्यही भएर पनि कम गुडेका हुनसक्छ।’

उनले सवारीसाधन मात्र नभई धेरै भीडभाड हुने क्षेत्रमा पनि भीडभाड घटेको देखिएको बताए। ‘केही समय अघि न्युरोड गएको थिएँ, ममात्रै हो कि जस्तो लाग्यो, मानिसहरू बाहिर निस्किन छाडेका छन्,’ उनले भने।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.