|

पर्वत : अवैध रूपमा घरमा लुकाई राखेको वन्यजन्तुको छाला (आखेटोपहार) र बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीका २८ वर्षीय खो बहादुर थापालाई बुधवार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै अवैध रूपमा राखिएको चितुवाको जस्तो देखिने छाला र अन्य वस्तुसहित पक्राउ गरिएको हो।

छाला एक थान,दुई ओटा दाह्रा सहितको दाँतको भागको टुक्रा एक थान, हतियार नं. ७८१३४ को दुई नाले कार्तुस बन्दुक एक थान र त्यसमा लाग्ने गोलीको खोका ४५ थान, बन्दुकमा लाग्ने धातुका छर्रा एक सय ९१ थान थापाको साथबाट बरामद भएको छ।

यस्तै सोही बन्दुकमा प्रयोग हुने बारुद तीन सय १५ ग्राम, धातुका सानो छर्रा एक सय ५०, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको झन्डै तीन किलोग्राम डल्लो पदार्थ र सानो पटका रहेको पत्ता १ थान पनि उनको साथबाट भेटिएको छ।

पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.