|

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङमा हिमतपात भएको छ। बिहीबार राति भएको हिमपातले त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

हिमपात भएपछि शुक्रबार बिहानदेखि त्रिभुवन राजपथ भएर चल्ने सवारी साधन रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार सिमभञ्ज्याङमा साढे ३ किलोमिटरसम्म हिउँ परेको छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए।

सिमभञ्याङ र दामन क्षेत्रमा यो यस वर्षको दोस्रो पटक हिमपात भएको हो। यसअघि गत पुस १४ मा बाक्लो हिमपात भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.