|

काठमाडौं :  लिभरपुल लिगकप (कार्वाओ कप) फुटबलको फाइनलमामा प्रवेश गरेकाे छ। बिहीबार राति भएको दोस्रो लेगमा लिभरपुलले आर्सनललाई २-० ले पराजित गर्दै लिग कपको फाइनलमा स्थान पक्का गरेको हो। फाइनलमा स्थान बनाउने क्रममा लिभरपुलका लागि डिएगो जोताले दुबै गोल गरेका थिए।

लिभरपुलका स्टारहरु मोहमद सलाह र साडियो माने नभएको खेलमा जोता नायक सावित भए। एनफिल्डमा आर्सनलले लिभरपुललाई पहिलो लेगमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो लेगमा भने आर्सनल हार टार्न असफल भयो।

लिभरपुलका लागि जोताले १९ औ मिनेटमानै गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। अलेक्जेन्डर अर्नोल्डको एसिस्टलाई सदुपयोग गर्दै पहिलो गोल गरेका जोताले दोस्रो हाफमा अलेक्जेन्डरकै पासमा ७७ औ मिनेटमा टिमका लागि तथा ब्यक्तिगत दोस्रो गोल बनाए।

लिभरपुलले २०१६ पछि लिगकपको फाइनलमा स्थान बनाएको हो। लिभरपुल ५ वर्षअघि सिटीसँग फाइनलमा पराजित भएको थियो।

प्रतियोगिताको फाइनल २७ फेब्रुअरीमा वेम्बलीमा हुने छ। उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने छन्। चेल्सीले टोटेनेह्यामलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.