|

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।

२९ असारमा देउवा सर्वोच्च अदालतको परमादेशको बलमा प्रधानमन्त्री चयन भएका हुन्। उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो।  सामान्यतया सरकार बनेको ६ महिनामा राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन छ।

सम्बोधनमा देउवाले  कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे जानकारी दिने बताइएको छ।

पाँच दलीय गठबन्धनबाट बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सर्वत्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.