|
फाइल तस्वीर

विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्कलगायत विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो। 

कलेजमा विगत केही सातादेखि शुल्क वृद्धिलगायत विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन्।

मन्त्रालयका अस्पताल शाखा तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईंको संयोजकत्वमा गठित समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून उपसचिव सदस्य रहेका छन्। 

उक्त समितिलाई कार्यक्षेत्र तोकिएको छ भने  १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन गरिएको छ।

समितिलाई नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षण अस्पताल व्यवस्थापनबीच विवाद हुनाका कारण पहिचान गर्ने र यससम्बन्धमा भएका नीतिगत तथा कानूनी व्यवस्थाका विषयहरू अध्ययन गरी विवरण तयार गर्ने कार्यक्षेत्र तोकिएको हो। 

त्यस्तै, चिकित्सक शिक्षा आयोगबाट निर्धारित शुल्क तथा शिक्षण अस्पतालले विद्यार्थीबाट लिएको वा दाबी गरेको शुल्कको अध्ययन गरी विवरण तयार गर्ने र समस्या समाधानका विकल्पसहितका सुझावहरू पेश गर्ने कार्यक्षेत्र समितिलाई तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.